नेपाल बैंकले फागुन ९ गतेदेखि सेयरधनी किताब बन्द गर्ने

काठमाडौं, ७ फागुन । नेपाल बैंकले ५८ औं वार्षिक साधारण सभाका लागि फागुन ९ गतेदेखि २५ गतेसम्म सेयरधनी किताब बन्द गर्ने घोषणा गरेको छ । यसअनुसार बैंकको फागुन ८ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् सरकारका ६२ प्रतिशत सेयर स्वामित्व रहको नेपाल बैंकले सरकारको स्वामित्व ५१ प्रतिशतमा झार्न प्रिमियम मूल्यमा थप नयाँ साधारण सेयर (एफपिओ) निष्कासन गर्ने प्रस्ताव सहित फागुन २५ गते साधारणसभा आह्वान गरेको छ बैंकले सरकारको सेयर संख्या नघट्ने गरि एक अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८०० बराबरको एफपिओ निष्कासन गर्ने भएको हो । एफपिओ पश्चात बैंकको बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार पुग्नेछ सभाले एफपिओको निष्काशन गर्न अपनाउनुपर्ने सम्पूर्ण विधि, प्रकृया र मूल्य निर्धारण, धितोपत्र निष्कासन गर्ने बिक्री प्रवन्धक तोक्ने लगायतका प्रक्रिया अगाडि बढाउन संचालक समितिलाई अख्तियारी दिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?