कृषि विकास र नबिल बैंकले आफ्ना ग्राहकहरुलाई सिआरएन नं. लिन आग्रह

काठमाडौं, ७ फागुन । कृषि विकास बैंक र नबिल बैंक लिमिटेडले आफ्नो बैंकमा खाता भएका ग्राहकलाई सि–आस्वा रजिष्ट्रेशन नम्बर (सिआरएन) लिन आग्रह गरेका छन् धितोपत्र बोर्डको निर्देशन बमोजिम फागुन ११ गतेदेखि सबै सार्वजनिक निष्काशनहरुमा सिरआरएन नं. मार्फत मात्र आवेदन गर्नुपर्ने व्यवस्था गरेपछि दुवै बैंकले सो सिआरएन लिन अपिल गरेका हुन् नबिल बैंकले धितोपत्र खरिद गर्न चाहँने ग्राहकलाई आफ्नो बैंक खातालाई अनिवार्य रुपमा सि–आस्वामा दर्ता गरि सि आस्वा रिजिष्ट्रेशन नम्बर (सिआरएन) लिन भनेको छ बैंकले फागुन ११ गतेदेखि सर्वसाधारणहरुमा निष्काशन हुने धितोपत्र खरिदका लागि अनिवार्य रुपमा सि–आस्वा प्रणाली मार्फत आवेदन दिनुपर्ने व्यवस्था भएकोले आफ्ना ग्राहकलाई सो आग्रह गरेको जनाएको छ साथै नबिलले सि–आस्वा मार्फत सेयरमा आवेदन गर्दा लाग्ने शूल्क निशुल्क गराइएको जनाउँदै हालसम्म पनि हीतग्राही खाता (डिम्याट) नखोलेका ग्राहकले बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङ्गमा निशूल्क हितग्राही खाता खोल्न सकिने व्यवस्था गरिएको उल्लेख गरेको छ उता कृषि विकास बैंकले पनि सोमबार सूचना प्रकाशित गरेर कृषि विकास बैंकमा खाता रहेका लगानीकर्तालाई नजिकैको शाखामा सि–आस्वा रजिष्ट्रेशन दर्ता फारम बुझाइ सि–आस्वा रजिष्ट्रेशन नं. लिन अनुरोध गरेको छ । बैंकले सो फारम बैंकको वेभसाइटबाट डाउनलोड गरेर समेत बुझाउन सकिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?