‘मलाई नछुनुहोस्, म कोरोना पोजेटिभ हूँ’ !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ । करोडौँ मानिसहरु कोरोना भाइरसकोे चपेटामा परेका छन् भने लाखौँ मानिसहरु कोरोनाको शिकार भएका छन् ।

नेपालसहित विश्वका २१३ वटा देशहरुमा यसको प्रकोप फैलिसकेको छ । यसैबीच भारतको उत्तर प्रदेशस्थित मेरठ शहरको बेगमपुल चौराहेमा अनौठो घटना भएको छ ।

त्यहाँ एक व्यक्तिले आफूलाई कोरोना पोजेटिभ भएको भन्दै कारका अगाडि सुतेपछि हंगामा मच्चिएको छ । उक्त व्यक्तिले कार अगाडि सुत्दै भने, मलाई नछुनुहोस्, मलाई कोरोना पोजेटिभ छ ।

युवकले धेरै पटक स्वास्थ्य विभागलाई परीक्षण गराउन माग गर्दा पनि नगराएको भन्दै त्यस्तो हर्कत गरेको बताइएको छ ।

त्यसपछि उक्त युवकलाई एम्बुलेन्स मार्फत अस्पताल पुर्याइएको थियो । पुलिसका अनुसार उक्त युवको मानसिक अवस्था ठिक नभएको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?