अभिनेता सुशान्तको आत्महत्यापछि कंगनाको खुलासा : ‘मलाई धम्की दिईएको थियो’

काठमाडौं – बलिउड अभिनेता सुशान्त सिंहको आत्महत्यापछि  ‘नेपोटिजम’ अर्थात् नातावादको ‘ईस्यू’ बलियो गरी उठिरहेको छ । केहि नेपाली अभिनेत्रीहरुले समेत यसको विषयमा खुलेर बोलिरहेका छन् । यसैबीच अर्को एउटा खुलासा भएको छ ।

बलिउड अभिनेत्री कंगना रनावतले सुशान्तको आत्महत्यापछि उठेको बहसमा आफ्नो मत र भोगाई राख्दै नयाँ खुलासा गरेकी हुन् । उनले आफूलाई पनि आत्महत्या गर्ने स्थिति आउने भनेर भनिएको खुलासा गरेपछि बलिउडमा तरंग छाएको छ ।

अभिनेता राजपुतको आत्महत्यालाई योजनाबद्ध हत्या भन्दै आएकी कंगनाले आफूलाई पनि एकपटक तिमीले आत्महत्या गर्नेछौं भनिएको खुलासा गरेकी हुन् । त्यसो त सुशान्तलाई केही स्थापित कलाकार जो कसैको फेरो समातेर फिल्म नगरीमा आएका थिए, तिनले चिन्दीन भनेको अपमान गरेको लगायतका विषय उनको आत्महत्यापछि आई नै रहेका छन् ।

कंगनाले भनेकी छिन् : ‘कुनै समय आफ्नो करियरमा पनि यस्तै खालको दबाब झेल्नुपरेको थियो ।‘ उनले स्मरण गरेकी छिन् – सुशान्तसँग गरिएको व्यवहार आफूले पनि भोगेको तर आफूले हिम्मत नहारेको सुनाएकी छिन् । उनले नाम नै किटेर भनेकी छिन् उनलाई जावेद अख्तरले आत्महत्या गर्ने स्थिति आउने भनेका थिए।

‘’एक पटक जावेद अख्तरले मलाई आफ्नो घर बोलाएर राकेश रोशन र उनको परिवारलाई प्रतिष्ठित भन्दै माफी माग्न भनेका थिए। नमाने तिमी केही पनि बाँकी रहनेछैनौं भने। उनीहरु तिमीलाई जेल हाल्नेछन् र तिमीसँग बर्बाद हुने बाहेक अरु कुनै विकल्प हुनेछैन। तिमी आत्महत्या गर्नेछौ भनेका थिए,’’ भारतिय सञ्चारमाध्यमले लेखेका छन् ।

आफूले ऋतिक रोशनसँग माफी नमाने आत्महत्या गर्नुपर्ने अवस्था आउने धम्की दिँदै जावेदले तनाव दिएको कंगनाको भनाई छ। घरमै बोलाएर धम्की दिए पनि आफू पछि नहटेको उनले सुनाइन्।

परिवारवाद नातावादका कारण उत्कृष्ट काम गर्नेहरु पछाडी पर्नुपर्ने स्थिती आएको उनको भनाई छ ।

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जेठ ३२ गते आत्महत्या गरेका थिए । बान्द्रास्थित आफ्नै घरमा उनको शव भेटिएको थियो । उनको आत्महत्याको कारण खोजीरहेको प्रहरीले उनका डायरी अध्ययन, प्रेमीका सँग सोधपुछ, कल डिटेल्स लगायतका विषयमा अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस् : 

अभिनेता सुशान्तले आत्महत्या गर्नुभन्दा आधा घण्टा अघि गरेका तीन ‘ट्वीट्स’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?