आत्महत्या गरेका बलिउड अभिनेता सुशान्तको ईन्स्टा अकाउन्टमा थपियो ‘रिमेम्बरिङ’

काठमाडौं – बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याको खबरले सारा बलिउड शोकमग्न भएको छ ।

उनको मृत्युको पीडा सहन नसकेर उनकी भाउजुले पनि प्राण त्यागेकी छन् । एकपछि अर्कोको मृत्यु हुँदा सुशान्तको परिवार यतिबेला शोकमा डुबेको छ । उनको आत्महत्याका खबर सुनेर भारतको उत्तर प्रदेशस्थित बरेलीमा एक दश कक्षामा पढ्ने छात्रले आत्महत्या गरेका छन् ।

यसैबीच उनले चलाउँदै आएका सामाजिक सञ्जाल ईन्स्टाग्राममा उनको अकाउन्टमा ‘रिमेम्बरीङ’ थपिएको छ । यसको अर्थ हुन्छ सम्झिरहनेछौँ । हो, कसैको मृत्यु भएको पुष्टि भएपश्चात् कसैले दिएको आधिकारीक जानकारीको आधारमा यी सञ्जालहरुले विभिन्न टुल्समार्फत् मृत्यु भईसकेकाको जानकारी दिन्छ ।

Sushant Singh Rajput Instagram Profile: Instagram adds ...

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आईतवार मुम्बईको बान्द्रस्थित आफ्नो घरमा झुन्डिएर आत्महत्या गरेका थिए । ३४ वर्षीय सुशान्त बितेको ६ महिनायता डिप्रेसनको शिकार भएका थिए । सुशान्तको मृत्युले अहिले सारा बलिउड शोकमा डुबेको छ ।

Sushant Singh Rajput's Instagram account memorialized ...

अभिनेता सुशान्तले आत्महत्या गर्नुभन्दा आधा घण्टा अघि गरेका तीन ‘ट्वीट्स’ अहिले ति ट्वीट भाईरल भएका छन् । 

३४ वर्षीय सुशान्त बितेको ६ महिनायता डिप्रेशनको शिकार भएका थिए । सुशान्तको मृत्युले अहिले सारा बलिउड शोकमा डुबेको छ ।

त्यति मात्रै होइन उनको मृत्युले बलिउड देखि लिएर सोसल मिडियासम्म इण्डस्ट्रीमा हुने नेपोटिज्मको बारेमा बहस शुरु भएको छ ।

यसैबीच सोसल मिडियामा सुशान्तले आत्महत्या गर्नुभन्दा आधा घण्टा अगाडि गरेका ट्वीटहरु भाइरल बनिरहेका छन् ।

सुशान्तका फ्यान्सहरुदे फिल्म छिछोरे स्टार सुशान्तले यी ट्वीट्स आत्महत्या गर्नुभन्दा केहि समय अगाडि मात्र गरेको बताएका छन् ।

फ्यान्सहरुले जस्ट्स फर सुशान्त सिंह राजपुत ह्याजट्यागमा ट्वीट गरेर सुशान्तको न्यायको माग गरेका छन् । तर कतिपयले भने यो ट्वीट फेक भएको पनि बताईरहेका छन् ।

पहिलो ट्वीटमा लेखिएको छ, ‘हामी पुरुषको हाम्रो स्वास्थ्य, हाम्रो मानसिक स्थिती, हाम्रो विचार, हाम्रो जिन्दगीको बारेमा सोधिदैन । हामीलाई त्यसप्रकारको ट्रीट गरिदैन् । म यी सबै कुराबाट धेरै थाकेको छु, तपाईहरुको साथमा लामो समय व्यतित गरेँ, मलाई थाहा छैन कि, म यो ट्वीट किन गरिरहेको छु ।’

त्यस्तै दोश्रो ट्वीटमा लेखिएको छ, ‘म आफ्नो जिन्दगीको असहज परिस्थितीसँग लडिसकेको छु, र केहि समयपछि यो ट्वीट्स डिलिट गर्नेछु, किनभने तपाईलाई थाहा होस् कि, यस मिडियोकर सक्सेससँग विरक्त लागिसकेको छ, मलाई फेम चाहिँदैन, यो धेरै आरमदायी हुन्छ होला, तर यसलाई झेल्नु धरै डिस्टर्बिंग छ ।’

Famous Bollywood@FamousBollywoo1

Last few tweets of #SushantSinghRajput. Unfortunately, they went unnoticed. He gave his goodbyes while we all were asleep. #JusticeForSushantSinghRajput

View image on TwitterView image on TwitterView image on Twitter
85 people are talking about this

त्यस्तै तेश्रो ट्वीट्समा उनले लेखेका छन्, ‘म यो सबै खत्तम गरिरहेको छु, एक राम्रो अन्त्यको लागि । टाढा गईरहेको छु, तर तपाईहरुको नजिक रहनको लागि । हुन सक्छ कि, यो पछि मानिसहरु एकअर्कामा कुराकानी गर्न शुरु गर्छन् । आफ्नो विचारहरु आफू भित्र राख्न बन्द गरुन् । संसारको अर्काे तिर फेरी भेटौँला, गुड बाई ।’

♡ shreya ♡@_shreya_7

#SushanthSinghRajput‘s last tweet which he deleted a few minutes later
??#nepotisminbollywood nepoo kidsss
karan bc#JusticeForSushantSinghRajput

View image on Twitter
500 people are talking about this

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?