मुम्बई – इन्टरनेटमा भाइरल भइरहेकी प्रिया प्रकाश आफू विरुद्ध दर्ता भएको मुद्दा फिर्ता गराउनका लागि अदालत पुगेकी छिन् उनले एक याचिका दर्ता गर्दै अभिव्यक्ति तथा व्यवसायको स्वतन्त्रताको मौलिक अधिकारका हवाला निवेदन दिएकी छिन् । उनले भनेकी छिन्, ‘ओरु अदार लभ’ को गीतलाई केहीले गलत अर्थमा अनुवाद गरेर मुद्दा दर्ता गराएका छन् । आशंका के पनि छ भने गैर मलयालम भाषी दोस्रो राज्यमा पनि यसरी नै केश दर्ता हुन सक्छ ।’प्रियाले तेलंगाना र महाराष्ट्र मा दर्ता भएको FIR लाई रद्द गर्न माग गरेकी हुन् उक्त याचिकामा फिल्मको गीत गीत मैगम्बर मोहम्मद र उनकी पहिले पत्नीबीचको प्रेमलाई लिएर केरलको मालाबारको मुस्लिम इलाकामा प्रचलित छ । यस शिकायतकर्ताले गलत तरिकाले लिएका छन् भनेर उनले भनेकी छिन् । यस याचिकाको भोलि सुनवाई हुन सक्ने सम्भावना छ केही दिन पहिले पनि फिल्मको निर्माताका विरुद्ध धार्मिक समुदायको भावनामा ठेस पु–याएको आरोप लगाउँदै एक व्यक्तिले मुद्दा दर्ता गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया