काठमाडौं । सारा विश्वमा कोरोना भाइरसको कहर जारी छ । कोेरोना भाइरसको प्रकोप अहिलेसम्म व्श्विका २१३ वटा देशहरुमा फैलिसकेको छ ।
कोरोनाबाट बच्नको लागि अधिकांश देशहरुले लकडाउन गरेको छ । लकडाउनका कारण व्यापार व्यवसायहरु ठप्प छन् ।
यस्तो बेलामा एक अनौठो घटना सार्वजनिक भएको छ । मानिसहरु कोरोनाबाट बच्न विभिन्न उपायहरु अपनाईरहेका छन् ।
यसैबीच क्यूबाको हवानाकी एक ८२ वर्षकी महिलाले कोरोनाबाट बच्नको लागि बजार जाँदा कार्डबोर्ड बक्स लगाएर निस्किएकी छन् ।
उनको नाम फेर्डिया रोजास रहेको छ । उनले कोरोनाबाट बच्नको लागि कार्डबोर्ड बक्स लगाएर निस्किएकी छन् ।
उनको उक्त उपाय सामाजिक सञ्जालमा अहिले भाइरल बनिरहेको छ ।
एजेन्सीको सहयोगमा
WATCH: This 82-year-old woman in Cuba roams around the suburbs of Havana, from the bakery to the butcher, in a cardboard box to shield herself pic.twitter.com/s9IHnR2Pib
— Reuters India (@ReutersIndia) June 19, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया