कञ्चनपुर, ५ असोज ।विवेकशील साझा पार्टी प्रदेश नं ७ को आज बसेको बैठकले प्रदेश संगठनका पदाधिकारी चयन गरेको छ ।पार्टीका प्रदेश संयोजक गोपाल हमालको अध्यक्षतामा बसेको बैठकले थप पदाधिकारी चयन गरेको हो । प्रदेश नं ७ सल्लाहकार समितिको संयोजकमा धनबहादुर शाह, सहसंयोजकमा दिनेशराज भण्डारी, कोषाध्यक्षमा जनकराज जोशी तथा सदस्य एवं प्रवक्तामा दानबहादुर रावललाई चयन गरेको छ ।बैठकले सदस्य तथा सचिवालय संयोजकमा मोहनराज शर्मा, सदस्यमा हरिशप्रसाद भट्ट र रोहित चौधरीलाई चयन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया