सरकारको योजनामा सेफ्टीको साथः नयाँ स्यानिटरी प्याड ‘स्कूल गर्ल’ बजारमा

काठमाडौं । नेपाल सरकारले बालिकाहरुको पढाईमा रजस्वला भएकै कारण व्यवधान उत्पन्न नहोस् भन्ने उद्देश्यका साथ नेपालभरका विद्यालयहरुमा सित्तैंमा स्यानिटरी प्याड वितरण गर्ने घोषणा गरेको योजनालाई सेफ्टीले सहयोग गरेको छ ।

सेफ्टीले सरकारद्वारा जारी आवश्यक मापदण्डहरु अनुकूल हुने गरी यो नयाँ स्यानिटरी प्याड ‘स्कूल गर्ल’बजारमा ल्याएको हो ।

सही शिक्षा, स्रोत साधनहरुको अभावमा बालिकाहरु उनीहरुको रजस्वला अवधिभर विद्यालय जानबाट बञ्चित भएर घर मै बस्नु पर्ने बाध्यता छ, जसले गर्दा उनीहरुले विद्यालयको पढाई छुटाउने गरेका छन् । कहिले काँही त बालिकाहरुलाई पूर्ण रुपमा विद्यालय नै त्याग्न पर्ने अवस्था पनि सिर्जना हुने गरेको पाइन्छ । जसको समस्या समाधानका लागि सरकारले ल्याएको योजनामा सहयोग गरेको सेपm्टीले जनाएको छ ।

नेपालको ग्रामीण भेगमा बसोबास गर्ने ठूलो संख्याका बालिका, किशोरी, युवतीहरु हरेक वर्ष पिसाब तथा विभित्र किसिमका रोग र संक्रमणबाट पिरोलिने गरेको पाइएको छ । यसको एक प्रमुख कारण स्यानिटरी प्याडमा उनीहरुको पहुँच नभएकोले त्यसबाट उत्पन्न हुने अस्वस्थ्यकर मासिकस्राव सरसफाइ नै हो ।

सेफ्टीले ल्याएको स्यानिटरी प्याड स्कूल गर्लका विशेषताहरु भनेको प्याडको लम्बाई २४० मिमि, मोटाई १३ मिमि र चौडाई ६५ मिमि हुनुका साथै पर्याप्त शोस्ने क्षमता भएको र प्रयोग गरेपछि नष्ट गर्न मिल्ने तथा नेपालकै उत्पादन हुनु हो । यो प्याड सरकारको निर्देशन अनुसारका गुणस्तरहरुमा आधारित रहेर उच्च मापदण्डको बनाएको सेफ्टीले जनाएको छ ।

स्कूल गर्ल स्यानिटरी प्याड बिक्री शुभारम्भ गर्दै सेफ्टीका बजार व्यवस्थापक स्वर्णिमा राजभण्डारीले भने “हामी यो नयाँ उत्पादन स्कूल गर्ललाई सरकारको मापदण्ड अनुकूल हुने गरी प्रस्तुत गर्न सक्षम भएकोमा हर्षित एवं गौरवान्वीत पनि भएका छौं र स्यानिटरी प्याडहरु निःशुल्क वितरण गर्ने भनी सरकारले अपनाएको उल्लेखनीय पहलमा हाम्रो पनि सहयोग रहने अपेक्षा हामीले गरेका छौं । अब यो प्याडको सहायताबाट मासिक स्राव भएको बखतमा विद्यालय जानबाट बञ्चित रहने किशोरीहरु निरन्तर विद्यालय जान सक्नेछन् ा”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?