पोखरा, ८ फागुन । कास्कीमा विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका क्रममा शक्तिशाली विस्फोट हुँदा प्रहरी र पत्रकार घाइते भएका छन् बन्दका क्रममा नागढुंगा र विजयपुरमा शंकास्पद वस्तु भेटिएपछि नागढुंगामा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको थियो । तर सो बम डिस्पोजमा केही समय लागेपछि सोही क्रममा विजयपुरमा बम विस्फोट भएको हो बम विस्फोटमा स्थानीय पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्री घाइते भएका छन् यस्तै झापामा पनि बन्दका क्रममा विस्फोट भएको छ । विष्फोटबाट कुनै भौतिक एवं मानवीय क्षति भने भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया