काठमाडौं । नीवनतम सूचना प्रविधिलाई प्रवर्द्धन एवं प्रोत्साहन गर्ने उद्देश्यले ‘पाँचौँ सस्करणको ‘आइसिटी अवार्ड–२०२०’ आयोजना हुने भएको छ ।
लिभिङ विथ आइसिटी पत्रिकाद्वारा अयोजना हुन सो प्रतियोगितामा भाग अगामी साउन १६ गतेसम्म अनलाइन आवेदन दिन सकिने सो पत्रिकाका प्रधानसम्पादक राजन लम्सालले जानकारी दिए।
हरेक वर्ष साउनको अन्तिम हप्ता आयोजनन हुँदै आएको सो कार्यक्रम यस वर्ष कोभिड–१९ को कारणले मिति तय नभएको जनाइएको छ ।
स्टार्टअप, प्रडक्ट, पायोनियर, नेपाली डायस्पोरा, आन्टरप्रेनर, मिडिया पर्सन, डिजिटल गभर्नेन्स, डिजिटल एजुकेशन आइसिटी अवार्ड लगायतका ११ विधामा पुरस्कार प्रदान गरिन्छ ।
इन्नोभेसन इन क्राइसिस रेस्पोन्स र वुमन आइकन आइसिटी अवार्ड यस वर्ष थप गरिएको उनले बताए। रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया