फेरी बढ्यो अण्डाको मूल्य

काठमाडौं । अण्डा उत्पादक संघले नेपालमा लकडाउन शुरु भएपश्चात तीन पटक अण्डाको मूल्य बृद्धि गरेको पाइएको छ ।

कोरोना रोकथामका लागि सरकारले गत चैत ११ गते यता सरकारले बैशाखदेखि हालसम्म संघले ३ पटक अण्डाको मूल्य बृद्धि गरेको हो ।
सरकारले पछिल्लो समय लकडाउन खुकुलो बनाएको छ । यस अवधिमा अण्डा उत्पादन कम भएपनि मूल्यमा बृद्धि गरिएको संघले जनाएको छ ।

लकडाउनको शुरुवातमा प्रति क्रेट २४० रुपैयाँ रहेकोमा त्यसलाई बढाएर २६० रुपैयाँ प्रति क्यारेट मूल्य कायम भएको थियो । लकडाउन खुकुलो हुने हल्ला भएपछि एकैचोटी २५ रुपैयाँ वृद्धि गरेकोमा हिजो (सोमवार) मात्र पुनः २० रुपैयाँ वृद्धि गरेको छ । प्रति क्रेट २८५ रुपैयाँमा कारोबार भइरहेको अण्डाको मूल्यमा २० रुपैयाँले बृद्धि भएसँगै ३०५ रुपैयाँ पुर्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?