बैंकक, ८ फागुन । थाइल्याण्डको एक अदालतले कोख भाडामा दिने आमाहरूबाट सन्तान जन्माएका जापानी बाबुलाई १३ सन्तानको पूर्ण जिम्मेवारी दिने फैसला सुनाएको छ । उनले कोख भाडामा लिने महिलाबाट कम्तीमा १६ जना सन्तान जन्माएका थिए यी बालबालिकालाई साढे तीन वर्षयता थाइ सरकारले हेर्दै आएको थियो । थाइ महिलाहरूलाई कोख भाडामा लगाए बापत विदेशीहरूले रकम तिर्ने गरेको र कोख भाडामा लगाउने व्यवसाय व्यापक रूपमा विस्तार भएको पाइएपछि अधिकारीहरुले हस्तक्षेप गरेका थिए प्रविधि क्षेत्रका एक जना अर्बपतिका छोरा मित्सुतोकी सिगेताले कोख भाडामा लिएर १६ सन्तान जन्माएका थिए तीन वर्षअघि मित्सुतोकी सिगेता एक जना नवजात शिशु सहित थाइल्याण्डबाट बाहिरिन लागेको तस्वीर बाहिर आएपछि उनले कोख भाडामा लिएर किन धेरै सन्तान जन्माए भन्ने आशंका व्यक्त गरिएको थियो कतिपय शिशुहरू कम्बोडिया लगिसकिएका थिए भने थाइ प्रहरीले सम्भावित मानवतस्करीको आरोपमा उनीविरूद्ध अनुसन्धान अघि बढाएको थियो । तर उनका वकिलले उनले एउटा ठूलो परिवार चाहेको र एकजना धनाढ्य जापानी व्यापारीको छोरा भएको हैसियतमा उनले तिनीहरूलाई राम्रोसँग ख्याल राख्न सक्ने तर्क गरेका थिए अहिले बैंककको एउटा अदालतले उक्त तर्कमा सहमति जनाएको छ । थाइ अधिकारीहरूले आफूहरू कम्बोडिया र जापान गएको र उनीसँग त्यहाँ हाल थाइल्याण्डको सरकारी निकायले स्याहार गरिरहेका बच्चाहरूलाई हेरविचार गर्ने राम्रो तयारी र पूर्वाधार रहेको पाएको जवाफ दिएका थिए ती बच्चाहरू जन्माउने आमाहरूले उनीहरूमाथि दाबी गर्न छाडेका छन् । सन् २०१५ मा नै उनले ३ सन्तानलाई स्याहार सुसार गर्ने अधिकार पाएका थिए सन् २०१४ मा कोख भाडामा दिने व्यवसायबारे पहिलो पटक समाचारहरू आएपछि थाइल्याण्डले विदेशीहरूलाई कोख भाडामा दिने व्यवसायमाथि प्रतिबन्ध लगाउने कानून पारित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया