थिमिमा विस्फोटक पदार्थ भेटियो, सेनाद्वारा निष्क्रिय

भक्तपुर, ८ फागुन – मध्यपुर थिमिको चारदोबाटोमा झोलाभित्र राखेको विस्फोटक पदार्थलाई नेपाली सेनाले निष्क्रिय गरेको छ दिउँसो ३ बजे साझा पेट्रोल पम्प नजिकै रूखको फेदमा झोलाभित्र विस्फोटक पदार्थ भेटिएपछि नेपाली सेनाको टोलीलाई बोलाएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिनुभयो मानिसहरुको बाक्लो आवत–जावत हुने क्षेत्रमा विस्फोटक पदार्थ भेटिएपछि ६ लेन सडकको काठमाडाँैबाट भक्तपुरतर्फ जाने सडक बन्द गराएर आवत–जावतमा समेत रोक लगाएको थियो । सेनाको पहिलो टोलीले डिस्फोज गर्न नसकेपछि बम निष्क्रिय टोली आएर बम निष्क्रिय गरेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?