भक्तपुर, ८ फागुन – मध्यपुर थिमिको चारदोबाटोमा झोलाभित्र राखेको विस्फोटक पदार्थलाई नेपाली सेनाले निष्क्रिय गरेको छ ।
दिउँसो ३ बजे साझा पेट्रोल पम्पनजिकै रूखको फेदमा झोलाभित्र विस्फोटक पदार्थ भेटिएपछि नेपाली सेनाको टोलीलाई बोलाएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिनुभयो ।
मानिसहरुको बाक्लो आवत–जावत हुने क्षेत्रमा विस्फोटक पदार्थ भेटिएपछि ६ लेन सडकको काठमाडौंबाट भक्तपुरतर्फ जाने सडक बन्द गराएर आवत–जावतमा समेत रोक लगाएको थियो ।
सेनाको पहिलो टोलीले डिस्फोज गर्न नसकेपछि बम निष्क्रिय टोली आएर बम निष्क्रिय गरेको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया