मुम्बई – भारी विवाद खेपेर सार्वजनिक गरिएको हिन्दी चलचित्र ‘पद्मावत्’ ले निर्मातालाई फाइदा भएको छ । सञ्जय लीला भन्सालीले निर्देशन गरेको चलचित्र ‘पद्मावत्’ २५ जनवरीमा रिलिज भएको थियो । रिलिजपछि फिल्मले राम्रो प्रतिकृया पाएको थियो । त्यसैले पनि चलचित्र महिनौंसम्म चलिरहेको छ उक्त चलचित्रले चार हप्तामा पाँच सय करोड कमाएको भारतीय मिडियाले लेखेका छन् । चलचित्रले संसारभरबाट गरी ४ सय ९९ करोड कमाइ गरेको छ भने भारतबाट मात्र २ सय ६२ करोड कमाएको छ । नेपालमा भने यो चलचित्रले खासै राम्रो व्यापार गर्न सकेन फिल्म १६ औं शताब्लीका कवि मलिक मोहम्मद जायसीको रचना ‘पद्मावत’ बाट प्रभावित छ । शूटिङको समयदेखि नै चलचित्र विवादमा मुछिएको चलचित्र चल्न नदिन करणी सेनाले ठाउँ ठाउँमा आन्दोलन गरेको थियो भने फिल्मविरुद्ध मुद्दा समेत परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया