बुटबल, ९ फागुन– प्रहरी इन्काउन्टरमा गुण्डा नाइके मनोज पुन र उनका सहयोगी सोम आले मारिएका छन् । बुधवार बिहान रुपन्देहीको देवदहमा प्रहरीसँग भएको मुडभेडमा उनीहरु मारिएका हुन् । प्रहरीसँगको मुठभेडमा घाइते भएका दुबैको लुम्बीनी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र एमाले कार्यकर्ता बसन्त पौडेलको हत्यामा संलग्न पुन संलग्न रहेको बताइँदै आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया