च्याम्पियन्स लिगमा चेल्सी र बार्सिलोना बराबर, बायर्नको फराकिलो जित

काठमाडौं, ९ फागुन । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग फुटबलमा चेल्सी र बार्सिलोनाले १–१ गोलको बराबरी खेलेका छन् चेल्सीको घरेलु मैदानमा भएको खेलमा चेल्सीका विलियनले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर बार्सिलोनाका लागि लियोनल मेस्सीले गोल फर्काए चेल्सीविरुद्ध मेस्सीले गरेको यो पहिलो गोल हो । चेल्सीसँग युरोपेली फुटबलमा पछिल्ला ८ खेलमा मेस्सीले गोल गर्न सकेका थिएनन् च्याम्पियन्स लिग प्रि क्वाटरफाईनल दोस्रो लेगको खेल मार्च १५ तारिखमा बार्सिलोनाको मैदानमा हुनेछ मंगलबारराति नै भएको अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिखले टर्कीको बेसिक्तासलाई ५–० ले पराजित गर्यो बायर्न म्युनिखलाई विजयी गराउन रोबर्ट लेवान्डोस्की र थोमस मुलरले २–२ गोल गरे भने किङ्ग्सले कोम्यानले एक गोल गरे । च्याम्पियन्स लिग फुटबलमा आज राति स्पेनिस क्लव सेभियाले इङ्लिस क्लव म्यान्चेस्टर युनाईटेडसँग खेल्नेछ भने युक्रेनको शाख्तरले ईटालीको ए.एस रोमासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?