गौशाला, ९ फागुन । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाका लागि रु २८ करोड ४४ लाख बजेट प्रस्तुत हुँदै प्रथम गाउँसभा सम्पन्न भएको छ सडक सञ्जाल, स्वास्थ्य सेवा, खानेपानी, विशेष शिक्षा योजना, कृषि योजनालगायत योजनालाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राख्दै सम्सी गाउँपालिकाका उपाध्यक्ष नगिनादेवी यादवले आर्थिक वर्ष २०७४–७५ का लागि रु २८ करोड ४३ लाख ९६ हजारको बजेट प्रस्तुत गरेका थिए गाउँपालिकाको प्रथम गाउँसभा गाउँपालिका अध्यक्ष शेष फारुखको अध्यक्षतामा भएको थियोे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया