इलाम, ९ फागुन – प्रदेश नं १ मा चियाको व्यापार बढाउन बजारीकरणमा ध्यान दिनुपर्ने सुझाव दिइएको छ प्रदेश नं १ का सभासद राम रानाले मंगलबार ‘चिया क्षेत्रमा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा’ सम्बन्धमा केन्द्रीय चिया सहकारी संघ लिमिटेड नेपालले आयोजना गरेको एकदिने कार्यशालामा प्राङ्गारिक चिया उत्पादन गर्ने कार्यमा लागिपरेको इलाममा अझै पूूर्ण रुपमा विषादी प्रयोग नहटेको र कामदारलाई सुरक्षित वातावरण सिर्जना गर्न नसकिएको बताउँदै भने, “अब इलाममा वैकल्पिक मलको विकल्प खोज्दै श्रम ऐन लागू गर्न जरुरी छ ।”“जबसम्म वैकल्पिक मल पाइन्न तबसम्म पूर्ण प्राङ्गारिक चिया उत्पादन गर्न सफल होइँदैन”, उनले भने । अन्तर्राष्ट्रिय बजारका लागि उत्पादन क्षमतामा वृद्धि र गुणस्तरीय चिया उत्पादन गर्न जरुरी भएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया