क्यान्सर लागेकी युवती १३ दिनमा घुमिन विश्व, बनाइन् सबैलाई चकित !

काठमाडौं । सामान्यतया ठुला रोग लागेका मानिसहरु घरबाट बाहिर निस्कन चाहादैनन् । तर क्यान्सर जस्तो रोग लागेकी एक युवतीले १३ दिनमा विश्व घुमेर चकित पारीदिएकी छिन् ।

छालाको क्यान्सरबाट पिडित मेगन सुलिवेन नामकी यी युवतीले आफ्नो केटासाथीसँग ३० हजार किलोमिटरको पूरा यात्रा गरेकी हुन् । जुन निकै आश्चर्यको विषय हो ।

३१ वर्षिया मेगन यस अघिपनि दुर्घटनामा परेकी थिइन् । दुर्घटना पछि क्यान्सर भएको हो । क्यान्सरबाट राहत पाउनलाई टाउकाको सर्जरी गर्दा पनि बाँचेकी मेगनको पछिल्लो समय नयाँ केटा साथीसँग विश्व हेर्न बाहिर निस्केकी हुन् ।

उनले १३ दिनमा विश्वका ७ आश्चर्यहरु घुमेकी हुन् ।

अमेरीकामा बस्ने मेगनले यात्राको क्रममा ब्राजिल, मेक्सिको, जोर्डन, पेरु, इटाली, भारत र चीनमा भएका सात आश्चर्य १३ दिनको यात्रामा देखेकी छिन् ।

एजेन्सी

Day 2 Machu Picchu

Day 4 Cristo Redentor

Day 6 Colosseum

Day 8 Petra

Day 11 Taj Mahal

Day 12 Great Wall of China

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?