काठमाडौं, ९ फागुन । संसारभरका केही देशमा पुरुषको शुक्राणुको संख्यामा आइरहेको भारी गिरावत चिन्ताको विषय बनेको छ । शुक्राणुमा गिरावटको सम्बन्ध सिधा रुपमा मानिसको प्रजनन क्षमतासँग जोडिएको हुन्छ तपाईको शुक्राणुको संख्या कति हुन्छ भन्ने कुरा तपाईको खानपिनमा समेत निर्भर हुन्छ, किनकी तपाई जे खानुहुन्छ, त्यसैबाट शरीरका सबै गतिविधि निर्धारित हुन्छन् यदि तपाईको खानामा धेरै चिल्लो पदार्थको मात्रा छ भने पनि तपाईको शुक्राणुमा निश्चित रुपमा गिरावट आउँछ । अमेरिकाको एक फर्टिलिटी क्लिनिकमा ९९ पुरुषमा गरिएको अध्ययनमा अधिकांशको शुक्राणु कमजोर पाइएको छ जसको शरीरमा ओमेगा–३ फ्याटी एसिडको मात्रा पर्याप्त छ, तिनीहरुको शुक्राणुको गुणस्तर पनि राम्रो हुन्छ । यो एसिड माछा र वनस्पतीको तेलमा पाइन्छ यो अध्ययनअनुसार धेरै चिल्लो तथा बोसो खानेको शुक्राणुको संख्या ४३ प्रतिशतसम्म कम हुने गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रतिमिलिलिटर वीर्यमा शुक्राणुको संख्या १.५ करोड देखि ३.९ करोडसम्म हुन्छ, जुन सामान्य मानिन्छ केही अध्ययनले यदि मानव शुक्राणुमा अहिलेकै तुलनामा गिरावट आउँदै जाने हो भने संसारमा मानव नै एक दुर्लभ प्रजातिको सूचीमा सामेल हुने दिन आउने देखाएका छन् अध्ययनअनुसार उत्तर अमेरिका, युरोप, अस्ट्रेलिया र न्युजिल्यान्डका पुरुषमा पछिल्लो ४० वर्षभन्दा कम समयमा शुक्राणुको मात्रा आधा भएको छ जब एक पुरुषको वीर्यमा ५ करोड देखि १५ करोड शुक्राणुको संख्या हुन्छ भने महिलाको फलोपियन ट्युबमा तत्काल तैरन सक्छ । तर कुनै समयमा एउटै शुक्राणु पनि महिलाको अन्डाणुका लागि पर्याप्त हुन्छ शुक्राणुको अवस्था दुरुस्त राख्न यसो गर्नुहोस्१. धेरै टाइट अन्डरवेयर नलगाउनुहोस् र तातोपानीले नुहाउनबाट बच्नुहोस् । २. यौन संक्रमणबाट बच्नुहोस् ।३. मदिरा सेवन बन्द गर्नुहोस् । मदिरा सेवनले तपाईको टेस्टस्टोरोन हर्मोनको कमी हुन्छ । यो हर्मोनको सिधा सम्बन्ध यौन क्षमतामा हुन्छ ।४. आफूलाई फिट राख्नुहोस्, मोटाउनबाट जोगिनुहोस् ।५. कसरत गर्नुहोस्, तर धेरै नगर्नुहोस् । ६. तपाई कति समय निदाउनुहुन्छ भन्ने कुराको सम्बन्ध पनि तपाईको स्वास्थ्यमा हुन्छ । कम्तिमा पनि दिनमा ७ देखि ८ घन्टासम्म सुत्नुहोस् । ७. एक अध्ययनअनुसार हरेक ६ घन्टाभन्दा कम सुत्नेको प्रजनन क्षमतामा ३१ प्रतिशतले कम हुने सम्भावना हुन्छ । निद्रा समेत तपाईको प्रजनन क्षमता कायम राख्न आवश्यक छ । ८. तातोपानीले सकेसम्म ननुहाउनुहोस्, किनकी शुक्राणु उत्पादनमा कम तापमान हुनु आवश्यक हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया