काठमाडौं । राजधानीको कुलेश्वरबाट स्रोत नखुलेको ६५ लाख ८ हजार सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु अवैध हुण्डी कारोबारी रहेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त कालिमाटीले स्रोत नखुलेको सो नगदसहित भारतीय नागरीक शंकर सिंह र बारा जितपुरका रमेश सिंहलाई नियन्त्रणमा लिएको हो ।
सोमबार दिउँसो ३ बजेतिर उनीहरुले अवैध नगद कारोवार गर्ने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले प्रकाउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया