यी हुन् प्याज खानुका आश्चर्य लाग्दा फाइदा

प्याजको गन्धका कारण धेरैले यसलाई मन पराउँदैनन् । तर यसका कैयन् लाभ छन् । प्याजले इम्युनिटी पावर मात्र बढाउँदैन, यसले छालाको सुख्खापनलाई कम गर्नका साथै आँखाको शक्ति बढाउने काममा पनि उत्तिकै महत्त्वपूर्ण भूमिका निभाउने गर्छ प्याजले शरीरमा हुने कैयन् रोग लाग्नबाट पनि प्याजले बचाउने काम गर्छ । यसको तरकारी बनाएर खाँदा खोकी, कफजस्ता कुरालाई पनि कम गर्छ । यसले रगतमा भएको खराब तत्वलाई बाहिर निकाल्ने काम पनि गर्छ पुराना जमानाका मान्छेहरु त्यसैले पनि प्याज खाने गर्थे । सल्फरका कारण यसको गन्ध भने आउने गर्छ त्यस्तै प्याज पेटका लागि पनि लाभदायक हुन्छ । यदि तपाईंलाई कब्जियत छ भने खानामा सधै प्याज राख्ने गर्नुस् आँखाका लागि पनि प्याज उत्तिकै उपयोगी हुन्छ । प्याजमा भएको केलिसनि र रायबोफ्लेविन भिटामिन बि प्रयाप्त मात्रामा पाइन्छ । त्यस्तै प्याज खाँदा रगत पनि पातलो हुन्छ र लिबरका बिरामीका लागि पनि यो राम्रो मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?