पोखरीमा डुबेर एक युवकको मृत्युु

एसपी यादव/ सर्लाही फागुन ९ गते । सर्लाहीको सदरमुकाम मलङ्ग्वाको वडा नं. १० स्थित रहेको मुल्ही पोखरीमा डुबेर आज एक युवकको मृत्यु भएको छ । मलङ्ग्वा नपा वडा नं. १० का स्थानीय गौरी राउतको २४ वर्षिय छोरा अजय कुमार राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका मुद्दा शाखाका प्रहरी निरीक्षक कुन्दन देवले जानकारी गराएका छन् । मृतक राउत बिगत केही समयदेखि लागू औषध सेवन गर्दै आएको र निजको मानसिक सन्तुलन समेत ठिक नभएको र उनी उपचारको क्रममा रहेको कुरा प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी निरीक्षक देवले बताए । मृतक राउतको खल्तीबाट सुसाइट नोट समेत फेला परेको छ । सुसाइट नोटमा मृतक राउतले आफ्नो मृत्युको जिम्मेवार आफू स्वयं रहेको उल्लेख गरेका छन् । भने अरु कुरा स्पष्ट नभएको प्रहरी निरीक्षक देवले जानकारी गराए । शवलाई पोस्टमार्टम गरि परिवारको जिम्मा लगाइएको र पोस्टमार्टम रिपोर्ट आएपछि रिपोर्टको आधारमा मात्र थप कुरा खुल्ने प्रहरी निरीक्षक देवले जानकारी बताए । आज करिब १० बजेको समयमा स्थानीयहरु पोखरीको पानी माथि मृतक राउतको शव देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?