काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा बृद्धि गरेको छ ।
पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ, डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको निगमले जनाएको छ ।
मंगलवार पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएसँगै पेट्रोलको मूल्य लिटरको १०१ रुपैयाँ र डिजेल तथा मटिट्तेलको ८७ रुपैयाँ पुगेको निगमले जनाएको छ ।
त्यस्तै निगमका अनुसार भारतीय आयल कर्पोरेसनले मूल्य बढाएर सूची पठाएपछि मूल्य बढाइएको हो । जसअनुसार पेट्रोलमा प्रतिलिटर ४.७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५.८० रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६.०६ रुपैयाँ बृद्धि भएको छ ।
तर खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत रहेको निमगमले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया