काठमाडौं । बुधबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ७०० रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर ९१ हजार ७०० रुपैयाँ पुगेको हो । यसअघि सुनको मूल्य यतिधेरै कहिल्यै भएको थिएन । संघका अनुसार यसअघि असार १५ मा सबैभन्दा धेरै ९१ हजार ३०० थियो । पछिल्लो दिनमा सुनको मूल्य लगातार बढ्दै गएको छ ।
महासंघका अनुसार बुधबार तेजावी सुन तोलामा ९१ हजार २६५ रुपैयाँमा कारोबार भएको छ ।
यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया