काठमाडौं । स्व. बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनमाथि अहिलेसम्म पनि विभिन्न प्रश्न उठिरहेका छन् ।
कतिपयले उनको आत्महत्या नभई योजनाबद्ध हत्या भएको आरोप समेत लगाईरहेका छन् । तर पोस्टमार्टम रिपोर्टका आधारमा पुलिसले सुशान्तको हत्या नभई आत्महत्या भएको पुष्टि गरिसकेको छ ।
अभिनेता सुशान्तको मृत्यु पछि उनकी भाउजुको पनि उनको मृत्युको पीडाका कारण डिप्रेसनले उनको पनि मृत्यु भएको थियो ।
साथै सुशान्त केहि फ्यानहरुले पनि आत्महत्या गरेका छन् । यस्तो अवस्थामा सुशान्तका फ्यान, परिवार र केही कलाकारहरूले सुशान्तको हत्या भएको बताउँदै उनको सीबीआई जाँच गर्न माग गरेका छन् ।
यसैबीच बुधवार मृतकको शरीरमा केही नशालु पदार्थ वा विष छ कि छैन भने गरिने ‘भिसेरा रिपोर्ट’ सार्वजनिक भएको छ । उनको शरीरको केही महत्त्वपूर्ण भित्री अंगको जाँच गरेर ‘भिसेरा टेस्ट’ गर्ने गरिन्छ ।
सुशान्तले आत्महत्या गरेको १७ दिनपछि आएको भिसेरा रिर्पोटमा उनको शरीरमा कुनै पनि नशालु पदार्थ नभएको जेजे अस्पतालले पुष्टि गरेको भारतीय पत्रिका नवभारत टाइम्सले बताएको छ ।
पोस्टमार्टम रिर्पोटपछि भिसेराको स्याम्पल मुम्बाईस्थित जेजे अस्पताल लगिएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया