काठमाडौं । सेवाग्राहीसँग घुस मागेको आरोपमा चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इन्जिनियर टोपेन्द्र सुन्दर मल्ल, सव-इन्जिनियर विरेन्द्र चन्द तथा रन्जित श्रेष्ठ र सुरपभाइजर लक्ष्मी पाण्डे रहेका छन् ।
दैलेखको भगवतीमाई गाउँपालिका वडा नं.३ सानटडा खोला तटवन्धन निर्माण कार्य सम्पन्न भए पश्चात भुक्तानीमा सहजिकरण गरिदिने भनी खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख इन्जिनियर मल्ललाई कार्यालय र सव इन्जिनियर चन्दलाई कार्यस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले सेवाग्राहीसँग घुस वा रिसवत माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीका अनुसार नियन्त्रणमा लिए पश्चात खानतलासी गरिएकोमा इन्जिनियर मल्लको आवासबाट २ लाख ४१ हजार १६ रुपैयाँ (दुई लाख इकचालिस हजार सोह्र) नगदसमेत बरामद गरेको प्रहरीले जनाएको ।
उनीहरुलाई नियन्त्रणमा लिइ यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया