काठमाडौं । हामीले कोरोनाको यो समयमा धेरै बहुमूल्य खजानाहरु भेटिएको समाचार सुन्ने गरेका छौँ । किनभने मानिसहरु कोरोना कालमा घर गएका छन् र उनीहरुले गाउँमा गएर कृषि गर्ने क्रममा खेत खन्दा यस्ता बहुमूल्य सम्पत्तीहरु भेटेका छन् ।
यस्तै एउटा घटना भारतको सवाई माधोपुर जिल्लाको भग्नावशेषमा पनिभएको छ ।
त्यहाँ उत्खननको क्रममा मजदूरहरूले सिक्काले भरिएको मट्का भेट्टाएका छन्। उक्त सिक्काहरु दुर्लभभएको बताइएको छ । फारसीमा लेखिएको उक्त सिक्काहरुको मूल्या लाखौँ रहेको छ ।
सवाई माधोपुर जिल्ला अन्तर्गत पर्ने अल्लापुर गाउँमा उत्खननका क्रममा एउटा ठूलो ढुङ्गा मुनि माटोको भाँडो भेटिएको थियो । भाँडो खोल्दा त्यहाँ थुप्रै तामाक सिक्का त्यसमा भरिएका थिए।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया