काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले लकडाउनको कारण समस्यामा परेका दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका श्रमिकहरुलाई आर्थिक सहयोग गरेको छ ।
बैंकको न्यूरोड शाखाले पोखरा महानगरपालिका वडा न. ९ सँग समन्वय गरी आर्थिकस्तर न्यून भएका ५० घर परिवारहरुका लागि राहात प्याकेज वितरण गर्नका लागि ५०,००० (पचास हजार) रुपैँयाको आर्थिक सहयोग प्रदान गरेको हो ।
गत असार १६ गते बैंकको न्यूरोड शाखाका प्रबन्धक गणेश आचार्यले पोखरा महानगरपालिका वडा न. ९ का अध्यक्ष रामराज लामिछानेलाई पचास हजार बराबरको चेक हस्तान्तरण गरेका थिए । उक्त सहयोगले यस असहज परिस्थितिमा विपन्न परिवारहरुको जीवनयापनमा मद्दत पुग्ने विश्वास लिएको बंैकले जनाएको छ ।
बैंकको देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको छ । बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया