साम्राज्ञीलाई चेतावनी दिँदै नायक भुवन केसीले लेखे यस्तो ‘स्टाटस’

काठमाडौं । निर्माता, निर्देशक तथा अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई चेतावनी दिएका छन् ।

नायक केसीले साम्राज्ञीलाई सम्बोधन गर्दै लेखेको स्टाटसमा आफ्नो बारेमा झूटो कुरा प्रचार नगर्न उनलाई चेतावनी दिएका हुन् ।

उनले स्टाटसमा लेखेका छन्, ‘आफूलाई ब्रेक दिन पिताजस्तो व्यक्तिको बारेमा अनर्गल तथा झूटो कुराहरू उल्लेख गरी तपाईले मेरो बारेमा सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्नुभएको सामाग्रीको सम्बन्धमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

नायक केसीले साम्राज्ञीलाई आफ्नो मान प्रतिष्ठामा आघात पुग्ने गरी फेरी भिडियो पोस्ट नगर्न समेत चेतावनी दिएका छन्।

उनले आफ्नो स्टाटसमा लेखेका छन्–‘मेरो यो सूचनाका बाबजुत तपाईले यस्ता झूटा लान्छना लगाउने कार्य गरेमा तपाई उपर प्रचलित साइबर कानून र मानहानीसम्बन्धी कानूनको प्रयोग गरी मलाई पुग्न गएको मानसम्मानको हानि नोक्शानी उपर तपाईमाथि यथोचित क्षतिपूर्ति गराउने र तपाईलाई कानूनबमोजिम सजायको भागिदार गराउनको निमित्त आवश्यक कानुनी प्रक्रियाको थालनी गर्ने व्यहोरा दुःखका साथ जानकारी गराउँछु ।’

यसअगाडि अभिनेत्री शाहले चलचित्रको छायाङ्कनका क्रममा आफूले दुःख पाएकोदेखि जापानमा आयोजित एक अवार्ड कार्यक्रममा नायक केसीले घिनलाग्दो व्यवहार देखाएको बारेमा सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेकी थिइन्।

यस अगाडि लोकपथबाट प्रकाशित यो समाचार पनि पढ्नुहोस्

नायिका साम्राज्ञी भन्छिन् : ‘युट्युबमा अन्तर्वार्ता दिन्न’ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?