माओत्से १८ वर्ष पछि ‘माछे’ बनेर देखिए

साइडमा पेरुङ्गो भिर्दै ‘माछे’ को गेटअपमा जब माओत्से गुरुङ रंगमञ्चमा देखिन्छन् । दर्शकको ध्यान उनीतर्फ खिचिन्छ । कहिले चलचित्रको पर्दामा, कहिले म्युजिक भिडियोमा, यसरीनै रगंमञ्चमा पनि पटक–पटक देखिएर अधिकांश माझ परिचित बनिसकेकाले माओत्सेप्रति दर्शकको आशा हुनु स्वभिाविकनै हो । ‘ओ हो माओत्से पनि रहेछन्, पक्कै नाटक राम्रै हुनुपर्छ’ केहि दर्शकले मुख खोलिहाल्छन् पनि । दर्शकको आशालाई निराशामा परिणत हुन नदिन सजग छन् उनी । अनि पोखरा थिएटरद्धारा सञ्चालित गन्र्धव नाटकघरमा मञ्चन भइरहेको नाटक ‘सिरुमारानी’ मार्फत उनले आफ्नो अभिनय कलालाई बेजोडका साथ पस्कन्छन् । घरी हसाँछन् । घरी रुवाउँछन् । अभिनयको माध्यमबाट दर्शकको अपेक्षा गरेको भन्दा बढी सन्तुष्टि दिलाउन उनी सफल हुन्छन् । यसले नाटकलाई परिपक्क समेत बनाउँछ १८ वर्षपछि रंगमञ्चमा फर्कन पाउँदा उत्साहित बनेका उनी दर्शकको मायाले हौसीएका छन् । नाटक प्रति रुचि भएकै कारण पोखरा थिएटर निर्माण हुन लागेकोमा उनी खुशी थिए । पोखरा थिएटरसम्म माओत्से आउनुमा उनको नाटक प्रतिको लगाव मुख्य थियो । एक दिन थिएटरका अध्यक्ष परिवर्तनले मिटिङमा बोलाए । अन्य नाट्यकर्मीसँग पनि उनको भेट भयो । त्यस लगत्तै निर्देशक सोमनाथ खनालले माओत्सेलाई फोन गरे । नाटकमा अभिनय गर्ने प्रस्ताव खनालको थियो । माओत्से निर्णय दिन हतारियनन् । टिमको बारेमा बुझे । जब अग्रज कलाकार प्रकाश घिमिरे समाबेश हुने कुराले उत्साहित बनायो । नाटकमा अभिनय गर्ने निचोडमा पुगे । समय मिल्दैन कि भन्ने डर थियो । तर उनलाई अनुकुल हुने गरी समय मिलाइयो । यसरी रंगमञ्चमा उत्रन उत्साहित बनेका उनको रहर पुरा भयो नाटक मञ्चनसँगै पोखराको नाट्य क्षेत्रले गती लिन लागेकोमा उनी खुशी छन् । तर नाट्य क्षेत्रलाई अगाडी बढाउन सहज भने नभएको उनको बुझाइ छ । ‘थिएटर निर्माण र नाटक मञ्चनले मात्रै पोखरेली रंग क्षेत्र अगाडी जान सक्दैन, गुणस्तरिय नाटक मञ्चनले मात्र नाट्य क्षेत्रलाई समृद्ध बनाउँदछ ।’ उनले भने हुन त कास्कीको स्याक्लुङमा जन्मिएका माओत्सेकोे २०४७ मा ‘पञ्च’ नाटकमा अभिनय गरेर रंगमञ्चमा आगमन भएको हो । त्यस लगत्तै परित्याग, हारेका मान्छेहरु, क्रिया याने नाम सर्वनाम विशेषण, भिक्षाम देहि, मलामी लगायतका डेढ दर्जन नाटक मार्फत उनी रंगमञ्चमा देखिए । २०५६ मा मलामी नाटकमा अभिनय गरे पश्चात उनले अभिनय गर्ने अवसर पाएका थिएनन् दिर्घजिवी नाटक समुहमा आवद्ध रहेर नाटक मञ्चन गर्न शुरु गरेका गुरुङको यो क्षेत्रमा लोकप्रियता बढाउन प्रतिबिम्ब नाट्य समुहको साथ उलेख्य रहेको छ नाटक बाट अगाडी बढेको उनको यात्रा वि.स.२०५१ सालमा पोखराबाट निर्माण गरिएको चलचित्र ‘काडाँ’ बाट चलचित्रको क्षेत्रमा पनि भयो । अचम्मै भो, पैतिस दिन, मलामी, यो कस्तो कथा, कबडी कबडी, पुरानो डुङ्गा, दोष, अग्निदहन, मिस्टर झोले लगायतका चलचित्रमा उनले अभिनय गरिसकेका छन् गुरुङ चलचित्र रि च्हमी, ध्रि धीब्रै व्यथा आङी, कृपा, पाते २, मले क्यु लगायतमा समेत उनले अभिनय गरे । गुरुङ फिल्म एशोसियसन नेपाल (जिफान) का संस्थापक अध्यक्ष समेत रहेका उनले फिल्मको लागि कथा समेत आफै लेख्छन् । २०६२ मा अचम्मै भो चलचित्रबाट चलचित्र निर्देशन शुरु गरेका उनले एक दर्जन चलचित्र निर्देशन गरिसकेका छन् । टुक्रिएको सपना, दलन टेलीसिरीयल मार्फत देखिएका उनले कर्णदासको पुरानो डुङा र मान्छे नै हो गरीब, ब्रोसीस समुहको यति राम्रो, रामचन्द« काफ्लेको गोठमा हे¥यो भैसी छ, लगायतका म्युजिक भिडीयोमा समेत अभिनय गरिसकेका छन् । अब रंगमञ्चमा निरन्तर देखिने योजना उनले बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?