काठमाडौं – भारतीय चर्चित कोरियोग्राफर सरोज खानको निधन भएको छ । मधुमेह र यससँग सम्बन्धित रोगबाट ग्रस्त उनमा मुटु रोग पनि थियो । ७१ वर्षीया खानको कार्डिएड अरेस्टबाट आज विहान १ बजेर ५२ मिनेटमा मुम्बईमा निधन भएको भारतीय सञ्चारमाध्यमले खबर लेखेका छन् ।
केही दिनयता श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएकोमा उनको निधन भएको हो ।
बलिउडमा ३ वर्षकै उमेरमा ब्याकग्राउन्ड डान्सरको भूमिकाबाट करियर सुरु गरेकी खानले सन् १९७४ बाट कोरियोग्राफ सुरु गरेकी थिइन्। आफ्नो ४ दशक लामो करियरमा सरोजले २ हजार भन्दा बढी बलिउड गीतमा कोरियोग्राफ गरेकी छिन्। उनले निकै लामो समयदेखि कामबाट ब्रेक लिएकी थिइन् ।
कोरोना संक्रमणका कारण उनको निधन भएको हुनसक्ने अनुमान गरिएको थियो । तर, उनको पिसिआर रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।
बलिउडका स्टार अभिनेत्री माधुरी दीक्षित, ऐश्वर्या राय, श्रीदेवी र करीना कपूरको करियरलाई उचाईंमा पुर्याउन सरोजको कोरियोग्राफीको ठूलो योगदान छ। उनको कोरियोग्राफी रहेका थुप्रै गीतले अवार्ड जितेका छन्।
उनको निधनपछि कलाकारले दुख व्यक्त गर्दै श्रद्धान्जली अर्पण गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया