सर्वोच्च ब्याजदरसहित सिभिलको ‘सगरमाथा बचत’ खाता

काठमाडौं– सिभिल बैंकले सर्वोच्च ब्याजदर पाइने बचत खाता ‘सगरमाथा बचत खाता’ योजना ल्याएको छ । बैंकले यस योजना अन्र्तगतको बचत खातामा सर्वोच्च १०% वार्षिक ब्याजदर प्रदान गर्ने जनाएको छ न्यूनतम मौज्दात रु. १००० रहने यस खातामा ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक, एस.एम.एस. बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, लकरको वार्षिक शुल्कमा ५०% छूटका साथै रु ५००,०००.०० सम्मको दूर्घटना मृत्यु/अपाङ्गताको निःशुल्क बीमाको ब्यवस्था गरिने बैंकले जनाएको छ विद्यमान अवस्थामा सर्वोच्च ब्याज दरका साथै अन्य बैंकिङ सेवामा निःशुल्क/बिशेष छूट सहितको यस बचत खाताबाट ग्राहकहरु लाभान्वित हुने कुरा बैैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले बताए सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा/योजनाहरु प्रदान गर्दै जाने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?