सैलुन खोल्न पाएको खुशीमा सुनको कैँची बनाएर कपाल काटेपछि…

काठमाडौं । बितेको तीन महिनाबाट कोरोना भाइरसको कारण बन्द भएको सैलुन खोल्न पाउँदा व्यवसायी खुशी भएका छन् ।

यसैबीच भारतको महाराष्ट्रमा एउटा अनौठो घटना भएको छ ।

सैलुन खोल्न पाएको खुशीयालीमा त्यहाँका मालिकले कपाल काट्न आएका सबै ग्राहकको कपाल सुनको कैँचीले काटेका छन् ।

उक्त सैलुनका मालिक रामभाउ संकपालले यस्तो गरेका हुन् । उनले १० तोला सुन किनेर त्यसको कैँची बनाएर ग्राहकको कपाल काटेका हुन् ।

अहिले उनको चर्चा सामाजिक सञ्जालमा भाइरल भईरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?