काठमाडौं । वि.सं. २०७७ आषाढ २० गते । शनिवार । इ.स.२०२० जुलाई ०४ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण ।
ग्रीष्म ऋतु । ने.सं. ११४० बछलागा । आषाढ शुक्लपक्ष । तिथी– चतुर्दशी,११ बजेर १३ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र–मूल,२३ बजेर ५१ मिनेट उप्रान्त पूर्वाषाढा । योग ब्रम्ह,२६ बजेर ०३ मिनेट उप्रान्त ऐन्द्र,२८ बजेर ०७ मिनेट ।
करण– वणिज,११ बजेर १३ मिनेट उप्रान्त भद्रा,२२ बजेर ३५ मिनेट उप्रान्त बव । आनन्दादिमा–गद योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय ५ बजेर १४ मिनेटमा, सूर्यास्त १९ बजेर ०१ मिनेटमा । दिनमान ३४ घडी २८ पला । पूर्णिमा व्रत । विश्व सहकारी दिवस ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
धार्मिक तथा अध्यात्मिक काममा समय व्यतित गर्न पाउँदा मन शान्त रहनेछ । भाग्य तपाईको साथमा रहने हुनाले सानो परिश्रमले राम्रो काम गर्न सकिनेछ ।
प्रेमिका तथा साथीभाईले सहयोग गर्ने हुनाले एक कदम अगाडि बडि प्रगती गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको कामको प्रशंसा हुनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
खानपान तथा मौषमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । धेरै समय दिएमात्र व्यापार व्यवसायमा आम्दानी गर्न सकिनेछ । सामाजिक काममा समय दिन नसकिने हुनाले जिम्मेवारी वहन नगर्नु नै ठिक हुनेछ ।
अध्ययनमा मन नजानाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । प्रेममा धोका हुनेछ । भौतिक सम्पत्ती प्रयोग गर्दा ध्यान दिनुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
अध्ययनमा सहजै सफलता हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोग पाईनेछ ।
औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
न्यायिक निर्णयहरु आफ्नो पक्षमा पार्न सकिनेछ भने शत्रु परास्त हुनेछन् । विद्या तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ ।
प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । पुराना थाति रहेका कामहरु सम्पादन हुनेछन् । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
राम्रा काम गरी अरुको विस्वास जित्न सकिनेछ भने पुरुषार्थी काम गरी नतिजा आफैतिर पार्न सकिनेछ । नयाँ प्रविधीको प्रयोग मार्फत आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउँदै विजय भईनेछ ।
आफन्त तथा मामापक्षबाट भनेजस्तो सहयोग पाईनाले मन प्रशन्न रहनेछ । खर्च बढेपनि राम्रा काम गर्दै अगाडि बढ्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
कार्य सम्पादन गर्ने सवासलमा आफ्नै भन्नेहरुले बाधा तथा अवरोध गर्नेछन् । काममा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । आफन्त तथा आमासँग टाडिने योग रहेको छ ।
व्यापारमा लगानी गर्नको लागि केही समय धैर्यधारण गर्नुहोला । तर पनी कृषि,पशुपालन तथा पुर्ख्यौली पेशाबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । नचाहाँदा नचाहादै पुराना सम्झौताहरु भंग गर्नुपर्दा मन खिन्न हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
उत्कृष्ट नतिजा हात पार्न थोरै समय लगानी नै काफी हुनेछ । छोटो यात्राको तय गर्न सकिनेछ । विवादित विषयको निर्णय तयाईकै पक्षमा हुनेछन् । दाजुभाई तथा छिमेकीसँग मिलेर गरीने व्यापार व्यवसाय फस्टाएर जानेछ ।
भौतिक सम्पत्ती तथा नगद जुट्नाले लगानी गर्ने सहज वातावरण बन्नेछ । प्रेममा सामिप्यता बढेर जानेछ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
तपाईले शुरु गरेको काममा आफन्त तथा कुटुम्बको सहयोग प्राप्त हुनेछ । पारिवारीक माहोलमा दिन बित्नेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा शंका उपशंकाहरु हट्दै जानेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
विशेष अवसरमा आकर्षक उपहार प्राप्त हुनेछ । व्यापार व्यवसायबाट न्यून धन आर्जन गर्न सकिनेछ ।
ईमान्दारिता र मिहेनतले आत्म विश्वासमा वृद्धि हुनेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेममय वातावरणमा समय व्यतित गर्न पाउँदा मन हर्सित हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
समय तथा कामको तालमेल नमिल्दा अरुभन्दा पछि परिनेछ । अध्ययनमा मन नजानाले नतिजा अरुकै पोल्टोमा पर्नेछ ।
खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ । बसाई सराई तथा लामो दुरिको यात्राको तय हुनेछ ।
काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
भौतिक तथा भोगविलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले आगामी दिनहरुमा विवाहरुपी निकास पाउने योग रहेको छ ।
अध्यनमा प्रगति हुनेछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको व्यापारमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सामाजिक काम गर्ने वातावरण बन्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ ।
अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ । विवादित विषयहरु हल भएर जाने तथा पुराना समस्याहरु केहि भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया