महोत्सवमा तीन करोडको कारोबार

भीमदत्तनगर, १० फागुन – कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरमा सम्पन्न प्रथम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा रु तीन करोडको कारोबार भएको छ गत पुस २९ देखि फागुन ९ गतेसम्म सञ्चालन भएको उक्त महोत्सवमा सो रकम बराबरको कारोबार भएको आयोजक कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश रावलले जानकारी दिए “गतवर्ष झैँ यस वर्ष पनि महोत्सवको कारोबार सन्तोषजनक नै भयो,” उनले भने, “आयोजनाको उद्देश्यअनुरुप महोत्सव सफल भएको छ ।” यहाँ आयोजना भइरहने मेला/महोत्सवले प्रदेश नं ७ को समृद्धि र निजी क्षेत्रको विस्तारमा समेत टेवा पुग्ने उनको भनाइ छ ‘कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा विकास, समृद्ध प्रदेश नं ७ को आधार’ नाराका साथ आयोजना गरिएको महोत्सवमा विभिन्न वस्तुभाउ, अटो मोबाइल्स तथा स्थानीय परिकार कृषि प्रदर्शनीमा राखिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?