आफ्नै राइफलका विरुद्ध किन लागिरहेका छन् अमेरिकी नागरिक ?

वासिंगटन, १० फागुन । अमेरिकाका ४० प्रतिशत मानिसहरु आफूसँग बन्दुक रहेको र बन्दुक राख्न पाउनु आफूहरुको अधिकार भएको बताउँछन् । तर, एक अमेरिक स्कट पपालार्डोले आफ्नो बन्दुक भाँचिदिएका छन् । यस्तो गर्ने उनी एक्लो व्यक्ति भने होइनन् । गत साता फ्लोरिडाको एक विद्यालयमा भएको गोलीबारीमा १७ जना विद्यार्थींको मृत्यु भयो भने केही घाइते भए । यो घटनाको विरोधमा अहिले अमेरिकामा ‘नेभर अगेन’ अभियानको सुरुवात गरेका छन् । उनीहरुले बन्दुकबाट हुने यसप्रकारका हिंसात्मक घटना बन्द गर्न र बन्दुक राख्ने कानुनमा परिमार्जन गर्न माग गरिरहेका छन् । यसपछि स्कट पपालार्डोले फेसबुकमा एक भिडियो जारी गरे, जसमा उनले आफ्नो एआर–१५ राइफललाई इलेक्ट्रोनिक हतियारले काटिरहेका थिए । यो अमेरिकी विद्यालयमा १७ जनाको ज्यान जानेगरी भएको गोलीकाण्डमा प्रयोग गरिएकै मोडलको बन्दुक हो । यो भिडियो २ करोड २० लाखभन्दा बढीले हेरेका छन् भने युट्युवमा समेत राखिएको छ । न्युयोर्कमा बस्ने पपालार्डोले भने, ‘फ्लोरिडाको घटनाले मेरो हृदयसम्म झकझकायो । यो यो बन्दुक गत साल नै बेच्न चाहन्थेँ । प्रदर्शन गरिरहेका बच्चाको अनुहारमा पीडाको झलक देखिन्थ्यो र उनीहरुको कहानीले मलाई यसो गर्न बाध्य बनायो ।’ उनले अरुलाई समेत आफ्नो बन्दुक प्रहरी स्टेशनमा बुझाउन आग्रह गरेका छन् । पपालार्डोको यो भिडियोले अरुलाई पनि बन्दुक फाल्न प्रेरित गरिरहेको छ । मंगलबार देबी लेन्जले फेसबुकमा फोटो पोस्ट गर्दै पपालार्डोलाई धन्यवाद दिएकी छन् । उनले लेखेकी छन्, ‘यो मेरो एआर–१५ राइफल हो । स्कट पपालार्डोले मलाई प्रेरित गर्नुभएको छ । यसलाई के गर्नुपर्छ भन्ने बताउनु भएकोमा तपाईलई धन्यवाद सर । यो केही वर्षदेखि मसँग थियो । अब देखि म योसँग बस्न सक्दिन ।’ पपालार्डोले आफूले बन्दुक काटेपनि त्यसो गर्नु अपराध रहेको भन्दै उनले प्रहरीलाई बुझाउन भनेका छन् । ट्विटर प्रयोगकर्ता विल बेलीले आफूले छोरीले भनेपछि बन्दुक प्रहरीलाई बुझाएको बताएका छन् । उनको ट्विटलाई २३ हजारले मन पराएका छन् । मंगलबार राष्ट्रपति डोनाल्ड ट्रम्पले अटोमेटिक राइफल बम्प स्टकमाथि प्रतिबन्ध लगाउने निर्देशनमा हस्ताक्षर गरेका थिए । जसको प्रयोग सन् २०१७ मा अमेरिकाको लस भेगासमा आयोजित एक कन्सर्टमा गरिएको थियो । सो घटनामा ५८ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?