व्यास जयन्ती : गुरुजनप्रति सम्मान प्रकट गर्दै गुरु पूर्णिमा मनाइँदै

 काठमाडौं ।

गुरुब्रह्म गुरुर्विष्णु गुरुर्देवो महेश्वरः ।
गुरुःसाक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः।।

अर्थात गुरु व्रह्मा, विष्णु र महेश्वर हुनुहुन्छ । यस्ता साक्षात् पर व्रह्म गुरुलाई नमस्कार छ ।

आषाढ शुक्ल पूर्णिमा अर्थात आजकै दिन गायत्री मन्त्र, धर्मशास्त्र, वेद मन्त्र सुनाउने र आधारभूत शिक्षा तथा उच्च शिक्षा दिने गुरुजनहरुलाई सम्झदै वा सम्मान भाव गर्दै गुरुपूर्णिमा पर्व मनाइन्छ ।

‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । अज्ञानतालाई चिर्ने वा अन्धकारको नाश गरि ज्ञानरुपी प्रकाशले सहि मार्गनिर्देश गर्ने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ ।

अज्ञानता र अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । गुरुलाई हाम्रो धर्मशास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । हिन्दु सस्कारमा माता पितालाई जस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भवः’ भनिन्छ ।

आजकै दिन व्यास जयन्ती पनि मनाईन्छ । वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमा अर्थात आजकै दिन वेदव्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।

ज्यो. दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?