मुम्बई – बलिउड अभिनेत्री दीपिका पादुकोण अभिनित चलचित्र ‘पद्यावत’ को रिलिजलाई लिएर देशभरी नै बबाल मच्चियो तर फिल्मले रिलिजपछि सफलताको झण्डा गाडिदियो । फिल्मको सफलतापछि निर्देशक भन्सालीले दीपिकालाई ५०० को नोट दिएका थिए फिल्म ‘पद्यावत’ मा दीपिकाको शानदार अभिनयले दीपिकाले बलिउडमा मात्र होइन, विदेशमा पनि वाहवाही लुटिन् । फिल्ममा दीपिकाको अभिनयले भन्साली यति खुशी भए कि, उनले दीपिकालाई पाँच सय रुपैयाँको नोट दिए, तर त्यो नोट सामान्य भने थिएन । त्यो नोट विशेष भएको भन्सालीले बताएका छन् भन्सालीले भने, ‘दीपिकाले उत्कृष्ट अभिनेत्रीमध्ये एक हुन्, फिल्ममा केही फरक दृश्यलाई पनि राम्रोसँग अभिनयमा ढालिन्, त्यसका लागि मैले उनलाई पाँच सयको नोट दिएको थिएँ ।’उक्त नोट करोडौं रुपैयाँको नोटभन्दा पनि मूल्यवान् थियो । यो फिल्मका लागि दीपिकाले ११ करोड रुपैयाँ लिएकी थिइन् । फिल्मको उनको पारिश्रमिक रणवीर र शाहिदको भन्दा पनि धेरै हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया