यस वर्ष कक्षा ११ को परीक्षा नहुने

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को कारण स्थगित रहेको यस वर्षको कक्षा ११ को परीक्षा नहुने भएको छ ।

नियमित रुपमा गत बैशाख २५ गतेबाट शुरु गर्ने भनिएपनि अन्ततः कोरोनाको जोखिम थपिएसँगै नहुने भएको हो । शुक्रबार बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद् बैठकले विध्यार्थीहरुसँग परीक्षा नलिने र आन्तरिक मूल्यांकनको आधारमा प्रमाणपत्र दिने निर्णय गरेको हो ।

शिक्षामन्त्री गिरीराजमणी पोखरेल अध्यक्ष रहेको उक्त बैठकले आन्तरिक मूल्यांकनको कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिएको छ ।

बोर्डले बनाएको कार्यविधिका आधारमा सम्बन्धित कलेजहरुले आन्तरिक मूल्यांकनको आधारमा विध्यार्थीहरुलाई अंक प्रदान गर्नेछन् ।

बोर्डले यस वर्ष कक्षा ११ को परीक्षा वैशाख २५ गतेदेखि गर्ने कार्यतालिका सार्वजनिक गरे पनि कोरोना महामारीले स्थगित गरिएको थियो। तर चैत २५ गते बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको थियो।

कोरोना महामारीको कारण गत चैत ६ गतेबाट भनिएको एसईई परीक्षा रोकिएको र आन्तरिक मूल्यांकनको आधारमा नै प्रमाणपत्र दिइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?