काठमाडौं । आइतवार नेपाली बजारमा १ अमेरिकी डलरको मूल्य ११९ रुपैयाँ ७२ पैसा कामय भएको छ ।
आज नेपाल राष्ट्र बैंकले विनियमदर प्रकाशन गर्दै सर्वसाधारणले सो मूल्य तिर्नुपर्ने जनाएको छ ।
त्यस्तै आजको लागि राष्ट्र बैंकले खरिददर ११९ रुपैयाँ १२ पैसा निर्धारण गरेको छ ।
विश्व अर्थतन्त्रमा नै महत्वपूर्ण मानिने अमेरिकी डलरको भाउ केही दिनयता घटिरहेको छ ।
यसैक्रममा बिहीवार १ डलर बराबर १२१ रुपैयाँ २५ पैसा कायम भएको विनिमयदर शुक्रबार १२० रुपैयाँ ९३ पैसा हुँदै आइतबार सो मूल्य कायम भएको राष्ट्रबैंकले जनाएको छ ।
यस्तो छ आजको विनिमयदर:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया