हेर्नुहोस् २०७७ साल असार २२ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ आषाढ २२ गते । सोमवार । इ.स.२०२० जुलाई ०६ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । ग्रीष्म। ने.सं. ११४० बछलागा । श्रावण कृष्णपक्ष । तिथी– प्रतिपदा,०९ बजेर १९ मिनेट उप्रान्त द्वितीया ।

नक्षत्र– उत्तरषाढा,२३ बजेर ५८ मिनेट उप्रान्त श्रवण । योग वैधृति,२३ बजेर ०० मिनेट उप्रान्त विष्कुम्भ । करण– कौलव,०९ बजेर १९ मिनेट उप्रान्त तैतिल,२१ बजेर ०८ मिनेट उप्रान्त गर । आनन्दादिमा–मृत्य योग ।

चन्द्रराशि–धनु ,०५ बजेर ४२ मिनेट उप्रान्त मकर । काठमाडौंमा सूर्योदय ५ बजेर १४ मिनेटमा, सूर्यास्त १९ बजेर ०१ मिनेटमा । दिनमान ३४ घडी २६ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

समाजमा नेतृत्वदायी भुमिकामा बसेर काम गर्न सकिने तथा मान सम्मान ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ ।

नयाँ काम गर्न सकिनेछ भने नोकरिमा बढुवा हुने योग रहेको छ । कृषि,पशुपालन व्यवसाय फस्टाएर जानेछ । पढाई लेखाईमा मन जानेछ भने अध्ययनमा प्रविधिको सहयोग लिनुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापारमा आज गरीने लगानीबाट भविष्यमा राम्रो नाफा कमाउन सकिनेछ ।

खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगती गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । राजनीतिज्ञले जनताको काम गरी पद प्राप्त गर्ने समय रहेको छ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हां)

शरीर कमजोर हुनाले दैनिक कामहरु प्रभावित हुनेछन् । व्यवसायमा लगानी गरीहाल्ने समय नरहेकोले केहि समय कुर्नु नै राम्रो होला । सवारी साधन तथा भौतिक सम्पत्तीको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला ।

बाध्यतामा तथा अरुकै काममा समय व्यतित हुँदा मन खिन्न हुनेछ । सानो उपलब्धीमा दिन व्यतित हुने सम्भावना रहेको छ ख्याल गर्नुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

एकल तथा साझेदारि व्यापार व्यवसायमा मन्दि आउनेछ । परिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक तथा विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

शत्रुमाथि वीजय गर्न सकिनेछ तथा आँट,शाहस,हिम्मतले कामहरु सम्पादन हुनेछन् । अध्ययनमा एक कदम अगाढि बढी नतिजा हात पार्न सकिनेछ ।

पुराना ऋण तिर्न सकिने तथा रोग केही भए विशेक हुनेछ । मामा मावली पक्षसँग बिग्रेका सम्बन्ध सुधार हुनेछ । कृषि क्षेत्रमा लगानी बढाउनु होला समय राम्रो रहेको छ । प्रेमको डोरो कसिलो हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

वौद्धिकताको प्रयोग गरी आफ्नो क्षमतालाई निखार्ने अवसर प्राप्त हुनेछ । मन परेको मानिसबाट छोटो दुरिको यात्राको अफर आउने तथा उपहार प्राप्त हुने योग रहेको छ ।

आफन्त तथा सन्तानबाट तपाईले शुरु गरेको काममा सहयोग तथा समर्थन पाईनेछ । राम्रा तथा सुखद समाचार सुन्न पाउँदा मन प्रशन्न हुनेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

घरेलु समस्याले सताउने तथा आमाको स्वास्थ्यमा खराबी आउन सक्छ । आफन्त तथा साथीभाईहरुले काममा बाधा तथा अबरोध गर्नेछन् ।

पढाई लेखाई सुस्त गतिमा अगाडि बढ्नेछ । कृषि,सहकारि तथा पशु चौपायाको व्यवसाय फस्टाएर जानेछ ।

माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाव सिर्जना हुनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

विवादित विषयहरु अल भएर जानेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछ ।

अध्ययन अध्यापनमा मन जाने हुनाले अरुभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । मन परेको मानिससँग छोटो तथा रमाईलो यात्राको तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउन सकिनेछ ।

सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

सर सापटी दिईएका रुपैया पैसा उठ्ने तथा आफन्तको सहयोगले उपलब्धी मुलक काम गर्न सकिनेछ । बोलिकै भरमा राम्रा तथा प्रतिष्ठित काम गर्न सकिनेछ ।

परिवारका साथमा यात्रा गर्न सकिने तथा मिष्ठान्न भोजनको ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अभाव हट्ने तथा नाम दाम कमाउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

प्रविधिको प्रयोग गरी रचानात्मक काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा सफलता हात पार्न सकिनेछ भने पहिले गरीएका कामहरु उपलब्धी मुलक बन्दै जानेछन् ।

नयाँ काम गर्न सकिने तथा सहयोग र समर्थन गर्नेहरु प्रशस्त भेटिनेछन् । समाजसेवा तथा राजनीतिमा चासो बढ्ने तथा जनताको काम गर्न सक्दा पद प्राप्तीको योग रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । कामगर्दा ध्यान दिनुहोला काम बिग्रन तथा जरिवाना हुन सक्छ । तर पनि लामो दुरिको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ ।

विदेशमा बसेर काम गर्नेहरुका लागी समयले साथ दिनेछ भने बिदेशि सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

व्यापार व्यवसायमा सामान्य आम्दानी हुनेछ । वौद्धिक कार्यमा सहभागि हुने अवसर प्राप्त हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रशन्न हुनेछ ।

दाजुभाई तथा अग्रजहरुको सहयोग पाईनाले नयाँ काम गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?