उपमहानगरभित्रका सडक नालिबिहिन

गगन अयडी धनगढी, ११ फागुन– धनगढी उपमहानगरपालिका क्षेत्र भित्रै कैयौं सडकहरु सा“घुरा र नालीविहीन छन् । वर्षामा हिल्लाम्मे गर्मी याममा धुलाम्ये हुने सडक अब क्रमिक रुपमा स्तरोन्नतिको क्रममा परेका छन् यस्ता सडकहरु स्तरोन्नतिको क्रममा आफ्नो घर जग्गा जाने भन्दै केहीले आनाकानी गर्ने गरेका छन् । तर, सडक स्तरोन्नति भइरहेको धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलबासीले सडक भित्र परेका आफ्ना संरचनाहरु धमाधम भत्काइरहेका छन् धनगढी उपमहानगरपालिका १ पशुपति टोलमा सडक स्तरोन्नति हुन थालेपछि स्थानीयबासीले सडक सीमामा पर्ने आफ्ना संरचनाहरु स्वस्फुर्त रुपमा भत्काइरहेका छन् धनगढीमै केहीले आफ्नो घर जग्गा जाने भन्दै आनाकानी गरिरहेका बेला स्थानीयले भने विकासमा बाधा नगर्ने भन्दै घर भत्काउन सुरु गरेका हुन् टोलमा भएको सडक नालीविहीन भएपछि वर्षेनि डुवानको समस्या भोग्दै आएका बासिन्दा भोलिको सुखलाइ हेर्दै सडक निर्माणमा साथ दिइरहेका छन् । दलित समुदायको बढी बसोबास भएको सो क्षेत्रमा उनीहरुले अहिले आफै धमाधम संरचना भत्काइरहेका छन् स्थानीयले सडक साघुरो हुंदा टोल फोहोर हुने गरेकोमा अब बाटो निमार्ण भएमा सफा हुने उपेक्षा समेत गरेका छन् विकासमा कसैले पनि बाधा गर्न नहुने उनीहरुको सुझाव छ । सडक स्तरोन्नतिमा स्थानीयबासीले मज्जाले साथ दिन थालेपछि निर्माण कार्यमा समेत सहज भएको छ । स्थानीयको साथ पाएपछि काम गर्न पनि सहज भएको धनगढी उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरीले बताए विकासमा स्थानीयबासीले नै स्वस्फूर्त सहयोग गर्नसकेमा विकासले तीब्रता पाउनुका साथै गुणस्तरीय संरचना पनि निर्माण हुन्छ । विकासमा सहयोग गर्ने पशुपति टोलबासीको सिको अरुले पनि गर्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?