प्याब्सन र एनप्याब्सनले अनलाइन कक्षा बन्द नगर्ने

काठमाडौं । प्याब्सन र एन प्याब्सनले गत असार १ देखि सञ्चालन हुँदै आएको अनलाइन कक्षालाई निरन्तरता दिने भएको छ ।

३१ लाख विद्यार्थीको पढाइ ठप्प हुने अवस्थाका बीच शिक्षा विज्ञान तथा प्रबिधीमन्त्री गिरीराजमणि पोखरेलको समुपस्थितिमा आज प्याब्सन नेसनल प्याब्सन, अभिभावक संघ संगठन, शिक्षक महासंघ, इस्टु तथा मन्त्रालयका पदाधिकारी सहितको बैठकले निजी विद्यालयहरुको साझा मागका सम्बन्धमा असार १४ गते बुझाइएका बिषयलाई सकारात्मक रुपमा लिने जवाफ प्राप्त भएपछि अनलाइन कक्षा निरन्तर हुन लागेको हो ।

मन्त्रालयका तर्फबाट कोरोना संक्रमण व्यबस्थापनको सरकारी संयन्त्रमा निजी विद्यालयका साझा मागलाई तत्कालै लैजाने बिषयमा सरोकारवाला सकारात्मक रहेको र वार्ता तथा संवाद जारी रहेकाले हालका लागि घोषित आन्दोलनका कार्यक्रम स्थगन गरी वार्ता तथा संवाद
जारी राख्ने निर्णय गरिएको प्याब्सनले जनाएको छ । यसअघि आफूहरुको माग पूरा नभएको भन्दै सोमबारदेखि लागू हुनेगरी निजि विद्यालयले अनलाइन पठनपाठन बन्द गर्ने घोषणा गरेका थिए । विद्यालय धरासयी भएकाले सरकारले अनुदान दिनुपर्ने उनीहरुकोमाग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?