अभिनेता भुवन केसीलाई प्रश्न गर्दै साम्राज्ञीले लेखिन् यस्तो ‘स्टाटस’

काठमाडौं । नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले निर्माता तथा अभिनेता भुवन केसीलाई प्रश्न गरेकी छन् ।

नायिका शाहले आफूमाथि गरिएको दुर्व्यवहारबारे किन बोल्न नपाइने भन्दै प्रश्न गरेकी हुन्। सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै उनले अभिनेता केसीलाई आफ्नो हेपाह र दुर्व्यवहार गर्ने प्रवृत्ति बन्द गर्न समेत आग्रह गरेकी छन् ।

अहिलेका नारीहरू आफ्नो रक्षा गर्न आफू नै सक्षम रहेको बताउँदै उनले कानूनी कारवाहीका लागि अगाडि बढ्ने चेतावनी नदिन पनि अभिनेता केसीलाई आग्रह गरेकी छन्।

यो भन्दा अगाडि फेसबुक लाइभमा आएर चलचित्र निर्माणको क्रममा धेरै पटक आफूले द्र्व्यवहार खेप्नु परेको बताएकी शाहलाई केसीले फेसबुकमा एक स्टाटस लेख्दै अबदेखि जथाभावी नबोल्न र अब पनि बोल्दे गए कानूनी कारवाहीमा जानुपर्ने बताएका थिए ।

नायिका शाहले फेसबुकको स्टाटसमा लेखेकी छन्, ‘नव प्रवेशी कलाकारले आफ्ना शुरूको संघर्षका दिनमा भोग्नु पर्ने अदृश्य उत्पीडन, वास्तविक अफ्ठ्यारा परिस्थिती र आफूलाई मै हुँ भन्ने निर्माताको हेपाहा प्रवृत्ति र दुर्व्यवहारका बारेमा अभिव्यक्त गर्न पाइन्न र ?’ भन्दै प्रश्न गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?