अनुहारको सौन्दर्यको लागि मेकअप गर्न सबैलाई राम्रो लाग्छ । तर, त्यसको सहि तरिकाले हेरचाह गर्न सकिएन भने परिणाम विपरी पनि हुन सक्छ गलत मेकअपकै कारण अनुहारको छाला समयभन्दा अगाडी चाउरिने तथा चमक हराउँदै जाने सम्भावना प्रवल हुन्छ कतिपय अवस्थामा गुणस्तरीय ब्रान्डेट प्रोडक्ट प्रयोग भइरहेको छ भनेर हामी ढुक्क हुन्छौं । तर, त्यसको प्रयोेग सही तरिकाले हुन नसक्दा छालामा लत असर परिरहेको हुन्छ त्यसैले ब्यूटि प्रोडक्ट प्रयोग गर्नेले आफ्नो केही बानीमा भने अवश्यपनि सुधार गर्नुपर्ने देखिन्छ सुत्नु अगाडी मेकअप गरेको अनुहार सफा पानीले पखाल्नेःमेकअप गरेको अनुहार सुत्ने बेलामा पखाल्न विर्सिनु हुँदैन । दिनभरको जस्तोसुकै व्यवस्था या थकान भए पनि मेकअप सफा नगरी सुत्दा मुहारको छालामा भएका छिद्र बन्द हुन सक्ने सम्भावना बढी हुन्छ डेट एक्सपायर ब्यूटी प्रोडक्ट प्रयोग नगर्नेःहरेक प्रकारको एक्सपायर ब्यूटि प्रोडक्ट गर्ने निश्चित समायावधिको हुन्छ । सोही समितिभित्र सो प्रोडक्ट प्रयोग गरिसक्नुपर्छ । अन्यता, त्यसले नकारात्मक परिणाम निम्त्याउँछ मेकअप ब्रसको नियमित सरसफाई गर्नेःदैनिक प्रयोग हुने मेकअप ब्रसको पनि नियमित रुपमा सफा गर्नुपर्छ । मेकअप गरिसकेपछि मेकअप ब्रस मकेअप ब्याग तथा अन्य विभिन्न सुरक्षित स्थानमा राख्ने अनुहारमा हात लगाइराख्नु हुँदैन्ःअधिकांश महिलाले गर्ने अर्को गल्ति भनेको जानेर वा नजानेर पनि पटक–पटक आफ्नो अनुहार छोइरहने गर्छन् । हरेक समय अनुहारमा हातले छोइरहँदा हातमा रहेको आयल तथा फोहोर अनुहारको सम्पर्कमा आउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया