काठमाडौँ, ११ फागुन – उपत्यकाको शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि स्थानीय स्तरनै जागरुक हुनुपर्नेमा जोड दिइएको छ सामुदायिक सेवा केन्द्र गोँगबु, महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग नयाँ बसपार्कले आज आयोजना गरेको ‘नागरिक सुनुवाई कार्यक्रम’मा वक्ताहरुले यस्तो बताएका हुन् महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख विश्वराज पोखरेलले मुलुकको परिवर्तनको सम्वाहक नागरिक र प्रहरी दुबै भएकाले एकआपसमा मिल्नुको विकल्प नरहेको बताए । “अपराधीलाई कैदी बनाउन नसकेसम्म समाज परिवर्तन हुन सक्दैन,”– उन्ल्ले भने । जनताको सेवामा अहोरात्र खट्दै काठमाडौँको शान्ति सुरक्षालाई थप बलियो बनाउने उनको भनाई थियो प्रहरी वृत्त महाराजगञ्ज प्रमुख योगेन्द्रसिंह थापाले अत्याधिक जनघनत्व र देशको एकमात्र राष्ट्रिय बसपार्क रहेको नयाँ बसपार्क क्षेत्रको शान्ति सुरक्षालाई अगाडि बढाउन स्थानीय स्तरको साथ सहयोग आवश्यक रहेको बताए काठमाडौँ महानगरपालिका वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारीले समस्याको जड जनता भएकाले यसको समस्यापनि स्थानीय स्तरबाटै हुनुपर्ने बताए । उनले नयाँ बसपार्क क्षेत्रलाई नमूना क्षेत्र बनाउनका लागि स्थानीय जनता, जनप्रतिनिधी र प्रहरी सङ्सङ्गै अगाडि बढ्नुपर्ने उल्लेख गरे समाजसेवी कल्पना शर्माले राजनीतिक दलको आडमा अपराध गर्नेलाई प्रहरीले छोड्न नहुने बताए । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख प्रताप पौडेलले बसपार्क क्षेत्रलाई उपत्यकाको शान्तिसुरक्षाको क्षेत्रमा नमूना क्षेत्र बनाउन विभिन्न समयमा यस्ता कार्यक्रम गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया