काठमाडौं, १२ फागुन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि संसदमा छाया सरकार बनाउने तयारी गरेको छ सरकारका कामकारवाहीमा विशेष तथा शसक्त निगरानी गर्नका लागि कांग्रेसले संसदमा छाया सरकार बनाउन लागेको हो कांग्रेसले छाया सरकार गठनको खाका सहित प्रस्तावबारे विधानमा नै समावेश गरि संसदीय दलमा छलफल गरिरहेको छ । कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा चलिरहेको छ संसदीय दलको बैठकमा प्रधानमन्त्रीको कामको निगरानी गर्न संसदीय दलका नेतालाई छाँया प्रधानमन्त्री बनाउने र केन्द्र सरकारमा रहेका मन्त्रीहरुकै संख्यामा मन्त्री पनि बनाउने तयारी भइरहेको नेता गगन थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया